एसईई पूरक परीक्षा भदौ १ देखि ११ गतेसम्म
प्रकाशित मिति
२०७६ असार २२ गते, आईतवार १०:३२
भक्तपुरः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन गरेको छ । २०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने उल्लेख छ । त्यसका लागि साउन १० भित्र फाराम भर्न भनिएको छ । तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका विद्यार्थी भने यो परीक्षामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।
Related
Recent News
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
- आईपीओ मापदण्ड कडा बनाउँदै सेबोन, नेटवर्थ १०० रुपैयाँभन्दा कम भएका कम्पनी अयोग्य हुने
- मन्त्रिपरिषद्को बैठक आज बस्दै, यस्ता विषयमा हुँदैछ छलफल
- सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो
- रसुवाका बाढीपीडितलाई नेपाल वायुसेवा निगमको ९८ लाख ३५ हजार सहयोग
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन थपियो २२ करोड ७५ लाख
- उपत्यकाव्यापी विज्ञान प्रदर्शनीमा विनायक शिक्षा निकेतन प्रथम
- राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट, यस्ता छन् विशेषता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया