• २१ भदौ २०८३, आइतबार
  • ३ः५८ दिउँसो

महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०३:१९

महोत्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

National Life

आइतबार राति भङ्गहा नगरपालिकामा बिहेमा दुलहा घुमाउनका लागि ल्याइएको रथमाथि राखेको डिजेबाजा बजाउने क्रममा करेन्ट लागेर मनरासिस्वा नगरपालिका-४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको हो ।

घटनापछि घाइते पण्डित बेहोश भइ रथबाट भुइँमा झरेपछि उनलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको र सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

Classic Tech Desktop

मृतकको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ भने डिजे बाजासहित आएको रथलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया