• ५ साउन २०८३, मंगलबार
  • ४:१७ बेलुका

असार-१५ : दही-चिउराका फाइदा

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार १२:१४

आयुर्वेद चिकित्साको चरक संहिता सूत्रस्थान-२७ मा दहीको उपयोगिताको बारेमा विस्तृत रुपमा बताइएको छ। दहीको तरमा शुक्रवर्धक तत्व रहने, राम्ररी जमेको दही वातशामक रहने, राम्ररी नजमेको दही त्रिदोषप्रकोपक रहने कुरा उल्लेख गरिएको छ। शरद र वसन्त ऋतुमा रक्तपित्त र कफज रोग गराउने हुनाले दही वर्जित छ। रातको समयमा दही खानु त्यति हितकर मानिँदैन।

दहीमा पानी, प्रोटिन, फ्याट, खनिज, कार्बोहाइड्रेट, क्यालसियम, लोह, भिटामिन ए, भिटामिन बी, भिटामिन सीको मात्रा प्रचुर पाइन्छ। क्यालसियमको मात्रा अधिक हुनाले दहीले हड्डी र दाँतको विकास तथा संरक्षणमा मद्दत पुर्याउँछ। शरीरका लागि लाभदायक ब्याक्टेरिया पाइने दहीको सेवन पेटका रोगीलाई अमृत समान मानिन्छ।

Kamana Sewa

पाचन तन्त्र मजबूत राखेर दहीले कब्जियत, अपचजस्ता रोगको निराकरणमा मद्दत पुर्याउँछ। दूध खाएर नपच्नेहरुका लागि समेत सम्पूर्ण पोषक तत्त्व हुने दही चाहिँ सुपाच्य हुनाले दहीको सेवन गर्न फाइदाजनक मानिन्छ।

Classic Tech Desktop

कोलेस्ट्रोल बढेर रक्तवाहनी नलीमा अवरोध हुने समस्यामा पनि दहीको सेवन लाभदायक मानिन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउने दहीको प्रयोग मधुमेह, उच्च रक्तचाप, हृदयरोग, किड्नीको समस्यालगायतका लागि समेत उपयोगी मानिन्छ।

मूत्र मार्गको अवरोध हटाउने, यौन शक्ति बढाएर नपुंसकता हटाउने कार्यमा दही उपयोगी मानिन्छ। मानसिक स्वास्थ्यमा समेत फाइदा पुर्याउने दहीले शरीरमा पानीको मात्रा कम भएर हुने डिहाइड्रेसन अवस्थालाई समेत हटाउँदछ।

दहीका विभिन्न परिकारमध्ये असार १५ मा खाइने दही-चिउरा एकदम पौष्टिक, बलवर्धक, स्वादिष्ट, शीतल एवं सुपाच्य परिकार हो। दहीमा पाइने प्रोटिनलगायतका तत्त्व र चिउरामा पाइने अधिक कार्बोहाइड्रेटले खेतबारीमा काम गर्ने किसानदेखि लिएर हामी सबैमा उर्जा, जोस र जागरको सञ्चार गर्न सक्दछ।

दही-चिउरा स्वास्थ्यसँग मात्र सम्बन्धित नभएर हाम्रो परम्परा, रीतिरिवाज, चाल चलनसँग अन्योन्यास्रित रहेर परापूर्वकालदेखि सेवन गर्ने परम्परा बसेको हो। आउनुहोस्, दही-चिउरा खाँदै माटोको टिका लाएर, आफ्नो सु-स्वास्थ्य एवं देशको खाद्यान्न उत्पादनमा सुखद् कामना गर्दै असार १५ मनाऔं।

स्वास्थ्य खबरपत्रिका बाट साभार  !

प्रतिकृया