• २१ असोज २०८३, बुधबार
  • ३ः१७ दिउँसो

बुद्धचित्तको माला तथा नगद सहित पक्राउ

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ११:५९

सूर्यविनायक नगरपालिका-८ जगातीबाट हरियो दाना भएको बुद्धचित्तको माला ८ वोरा, सुकेको दाना अन्दाजी ३ केजी र नगद १ लाख ११ हजार रुपैयाँ सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रे भुभ्लु गाउँपालिका-१० घर भएकी ५५ वर्षीया मञ्जु लामा समेत ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बा.१९ च ५३११ नम्बरको कार जाँच गर्ने क्रममा कारको पछाडीको सिट र डिक्कीमा लुकाई छिपाई राखेको उक्त वस्तु फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया