• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

नेपाली कांग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल

प्रकाशित मिति

२०७६ असार १२ गते, बिहीबार ०३:४३

नेपाली कांग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ ।छलफल तथा अन्तर्क्रियामा केन्द्रीय प्रतिनिधिले जागरण अभियानका क्रममा जिल्लाका नेता तथा कार्यकर्ताले दिएको राय सुझावलाई सभापति, पदाधिकारी तथा पूर्व पदाधिकारीसमक्ष राखेका छन् ।

कांग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई-मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो ।

Kamana Sewa

अभियानका क्रममा कांग्रेसले एक महिनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ(नगर र वडास्तरमा दुई हजार बढी बैठक, भेला, सभा, र्‍याली, विचार-बहसलगायत कार्यक्रम गरेको थियो । कांग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ।

Classic Tech Desktop

बुधबारदेखि सुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः सुरु गरेको हो ।

प्रतिकृया