विप्लवलाई सरकारले लगाएको प्रतिबन्धप्रति जनार्दन शर्मा को असन्तुष्टि
प्रकाशित मिति
२०७६ असार ९ गते, सोमबार ०३:०२
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्मा ले विप्लवप्रति सरकारले लगाएको प्रतिबन्धप्रति पनि असन्तुष्टि जनाएका छन । उनले विप्लव नेतृत्वको पार्टीलाई वार्तामा ल्याएर समस्यको समाधान गर्नुपर्ने बताएका छन ।
यसैगरी नेता शर्माले सर्लाहीमा मारिएका विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको मुठभेडमा मृत्यु नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरीले नै पौडेलको हत्या गरेको शर्माले दाबी गरेका छन ।
पौडेलको हत्यापछि समाजिक सञ्जालमा राखिएका फोटोहरू प्रहरीले नै उपलब्ध गराएको बताउदै शर्माले यस्ता घटनाले विद्रहो जन्माउने बताए।

यो घटनाले माओवादीले गरेको दश वर्षे जनयुद्धका क्रममा अप्रेसनका नाममा तत्कालीन समयमा प्रहरीले आफ्ना सहयोद्धाको हत्या गरेको समेत सम्झिए। उनले यस्ता घटना घटाउनअघि न्यूनतम मानवअधिकारको कार्यान्वयन गर्न प्रहरीलाई आग्रह गरेका छन ।





प्रतिकृया