• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छोड्न मन्त्री पोखरेलको आग्रह

प्रकाशित मिति

२०७६ असार ९ गते, सोमबार ०२:५०

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ नभइ सक्षम नयाँ पुस्ता बनाउने ठाउँ रहेको बताउनु भएको छ । सोमबार हिजो भक्तपुर चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गर्नु भएको छ ।
नेपालको शिक्षा प्रणाली अझैपनि घोकन्ते विद्यामै सीमिति रहेको बताउदै एउटा विद्यार्थीलाई कक्षा कोठामा वर्षभरि घोकाउने र तीन घण्टाको परीक्षामा सीमित गरेर मूल्याङ्कन गर्ने शिक्षा प्रणाली नै गलत भएको उहाको भनाइ छ ।

उहाले भने, ‘शिक्षा क्षेत्र जागीर खाएर बस्ने ठाउँ होइन, यो सक्षम नयाँ पुस्ता बनाउने र भोलिको देश बनाउने ठाउँ हो, अबको सार्वजनिक शिक्षा प्रभावकारी हुनुपर्छ, कक्षाकोठामा प्रभावकारी शिक्षण सिकाइ गर्नुस्, पढाउन सक्दिन भन्ने लाग्छ भने ठाउँ खाली गरिदिनुस्, नयाँ पुस्ता आउँछन्’ । मन्त्री पोखरेलले विद्यार्थीको क्षमताको पहिचान गरेर शिक्षकले पढाउनुपर्ने बताउदै उहाले शिक्षकले अधिकार मात्रै खोज्ने नभई कक्षाकोठाको सिकाइ उपलब्धि वृद्धि गर्नुपर्ने बताउनु भयो ।

Kamana Sewa

प्रतिकृया