४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास
प्रकाशित मिति
२०७६ जेष्ठ २९ गते, बुधबार १०:०९
काठमाडौँ । बालुवाटारको अहिलेको संरचना भत्काएर प्रधानमन्त्रीका लागि दुई वर्षभित्र ४० करोड लगानीमा नयाँ निवास बन्ने भएको छ । प्रधानमन्त्रीको निजी निवास एउटा भवनमा हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछ ।
सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि बुधबार बोलपत्र आह्वान गर्दै छ । हालको प्रधानमन्त्रीनिवासमा भूकम्पले क्षति पुर्याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले गत पुसमै मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो ।

आगामी तीन वर्षभित्र सम्पन्न हुने गरी सात अर्ब रुपैयाँ लगानीमा सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा भवन निर्माण गर्न लागिएको हो ।

हालको प्रधानमन्त्रीनिवासमा भूकम्पले क्षति पुर्याएको तथा क्षेत्रफल पनि साँघुरो भएकाले गत पुसमै मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणको तयारी गरेको छ ।




प्रतिकृया