• २१ असोज २०८३, बुधबार
  • २ः४६ दिउँसो

सांसद बस्नेतद्वारा मन्त्रीमण्डल पूर्नगठन हुने संकेत

प्रकाशित मिति

२०७६ जेष्ठ २९ गते, बुधबार १०:१८

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले मन्त्रीमण्डल पूर्नगठन हुने संकेत गर्नुभएको छ् ।

National Life

मंगलबार एक टेलिभिजनको कार्यक्रममा बोल्दै सांसद बस्नेतले यस्तो खुलासा गर्नुभएको हो ।

उहाँले भन्नुभयो  “प्रधानमन्त्रीको युरोप भ्रमणपछि र बजेट पास भएपछि मन्त्रीमण्डल पूर्नगठन हुन्छ , प्रधानमन्त्रीले सबैको काम हेरिरहनु भएको छ ।” साथै उहाँले घुमाउरो पारामा आफुले पहिला मन्त्री हुँदा राम्रो काम गरेको भन्दै अब फेरी मन्त्री बन्नसक्ने समेत खुलासा गर्नुभयो।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले राम्रो काम गर्ने मन्त्रीहरुलाई यथावत राख्ने र नराम्रो काम गर्नेलाई हटाएर नयाँ मन्त्री ल्याउने प्रम ओलीको तयारी रहेको बताउनुभयो।

त्यस्तै, बस्नेतले पार्टीको आगामी महाधिवेशनअघि मतदानबाट नेतृत्वको टुँगो नलाग्ने र आलोपालो प्रधानमन्त्री चलाउने विषयमा पनि केही दिनमात्रै चर्चा भएको साथै स्वयम प्रचण्डले त्यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेर द्विविधा प्रष्ट्याएको दाबी गर्नुभयो ।

प्रतिकृया