पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा (कार्यक्रम तालिकासहित)
प्रकाशित मिति
२०७६ जेष्ठ २९ गते, बुधबार १०:०६
काठमाडौ । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै आएको नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।
यस अघि बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्णंरुपमा सफल भएको निष्कर्ष निकाल्दै महासंघले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको हो ।

महासंघले तेश्रो चरणको देहायबमोजिमका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ,

क असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान ।
ख असार ६ गते संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने ।
ग असार १० गते मिडिया काउन्सिल विधयक विरुद्ध कार्टुन प्रर्दशनी ।
घ असार १५ गते सबै जिल्ला शाखाहरुले आफ्नो क्षेत्रबाट निर्वा्चित संघीय र प्रदेश सांसदहरुलाई क्ःक् मार्फत् सन्देश पठाएर ध्यानाकर्षण गर्ने ।
ङ असार २० गते बृहत् ‘प्रेस स्वतन्त्रतासभा’को आयोजना गर्ने ।
च असार २५ गते मध्यान्ह १२ः०० बजे लालटिन जुलुस ।
छ असार ३० गते देशव्यापी सिटी जुलुस र सभा ।
(नोट : मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने र आवश्यकताअनुसार कार्यक्रमलाई थपघट र परिमार्जित गरिने छ )




प्रतिकृया