• ४ साउन २०८३, सोमबार
  • २:०७ बिहान

मालीमा बन्दुकधारीको आक्रमणः कम्तीमा सय जनाको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ २८ गते, मंगलवार ११:१८

मालीको मध्यभाग स्थित एक गाउँमा बन्दुकधारीको आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।

बन्दुकधारीको आक्रमणमा एक सयजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । आक्रमणपछि १९ जना गाउँले अझै हराइरहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

Kamana Sewa

कौन्डौ जिल्लाअन्तर्गत पर्ने सोबाने गाउँमा बन्दुकधारीले आइतबार रातभर आक्रमण गरेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।आक्रमणपछि बन्दुकधारीले गाउँलेहरूको घरमा आगजनी गरेका थिए ।

Classic Tech Desktop

आक्रमणको कारण खुलेको छैन ।पछिल्लो समयमा मालीमा बन्दुकधारीको आक्रमणमा वृद्धि भएको छ ।

त्यस्ता आक्रमणमा जिहादीदेखि जनजाति समूहको संलग्नता रहने गरेको छ ।

डोगोन समुदाय र फिरन्ते फुलानी समुदायबीच पनि बारम्बार झडप हुने गर्छ ।

आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन ।

प्रतिकृया