• ३ साउन २०८३, आइतबार
  • ३:४६ बेलुका

शिक्षकको दायित्व भनेकै केटाकेटीहरूलाई बुझ्नु हो

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:५७

 

वर्तमान समाजमा लगातार परिवर्तन भइरहेको छ । यसबाट शिक्षा पनि अछूतो छैन । प्रविधिको विकाससँगै जीवनशैली र जीवनयापन गर्ने तरीकामा पनि परिवर्तन भइरहेको छ । सामाजिक सरोकारका विषयहरू पनि दिन प्रतिदिन परिवर्तन भइरहेका छन् । इन्टरनेट र मिडियाको प्रभावले समाजको विघटन पनि भइरहेको छ । आज धेरैजसो मानिसको समय यिनै साधनहरूको प्रयोगमा व्यतीत भइरहेको छ । आजका केटाकेटीहरू कुनै न कुनै रूपमा बाल्यावस्थादेखि नै यिनै साधनको प्रयोगमा सामेल भइरहेका छन् । यस कारण शिक्षा व्यवस्थामा पनि परिवर्तनको खाँचो महसुस गर्न थालिएको छ किनभने परम्परागत तरीकाले शिक्षा दिनु आज देश, काल, परिस्थिति र परिवेश अनुरूप रहेन ।
आज शिक्षाको गुणस्तरीयतामा देखापर्ने कमीको एकमात्र कारण बढ्दो भौतिक सुविधा अनुकूल शिक्षा नहुनु पनि हो । आज शिक्षकहरूमा पनि परिवर्तन आवश्यक देखिएको छ । शिक्षामा समस्या यस कारण पनि बढेको छ कि आज शिक्षण पेशालाई रोजगारको अन्तिम साधनको रूपमा बढी लिइन्छ । आज अन्य ठाउँबाट थाकेर वा अन्यत्र जागीर पाउन असफल भएका मानिसहरूमात्र आप्mनो चाहना दमन गरेर शिक्षक पद स्विकारिरहेका छन् । यस कारण उनीहरू आप्mनो स्वभाव अनुसार यस पेशा अनुरूप हुन सकिरहेका छैनन् ।

Kamana Sewa

शिक्षकहरूसँग समाजको अपेक्षा भिन्न छ तर कहीं न कहीं भौतिक सुखसुविधाको तिलस्मले उसलाई विचलित गरिरहेको हुन्छ । यस परिप्रेक्ष्यमा एउटा शिक्षकलाई जुन रूपमा समाजको अगाडि उपस्थित हुनुपर्ने हो त्यसमा ऊ सफल हुन सकिरहेको छैन । ठीक विपरीत विषम परिस्थितिमा पनि धेरै शिक्षकले आप्mनो पेशाप्रति इमानदारिता देखाएका छन् । यस किसिमका मानिस आज पनि विद्यार्थीसँगसँगै समाजलाई पनि बाटो देखाउने काम गरिरहेका छन् । विद्यार्थीहरूको मनोभावना बुझेर उनीहरूको चौतर्फी विकासमा आप्mनो सर्वस्व समर्पण गरिरहेका छन् । केटाकेटीहरूमा लुकेको प्रतिभा उजागर नगरेरै संसाधनको हरसम्भव प्रयास गरिरहेका हुन्छन् । केटाकेटीहरूको दुनियाँलाई स्वतन्त्रता प्रदान गरेर उनीहरू अनुकूल वातावरण निर्माण गर्न प्रयत्नरत रहन्छन् । किनभने केटाकेटीहरूमा त्यस आनन्दको अनुभूति प्राप्त हुनु स्वाभाविक नै हो, जसका लागि उनीहरू हकदार छन्।

Classic Tech Desktop

तर वास्तविकता के हो भने आज केटाकेटीहरू शिक्षालाई भारीको रूपमा बोक्न बाध्य छन् । यस भारीलाई बोक्दाबोक्दै उनीहरूभित्र शिक्षाप्रति लगावमा कमी आइरहेको छ । आज धेरैजसो केटाकेटी के बुझिरहेका छैनन् भने जुन शिक्षालाई उनीहरूले ग्रहण गरिरहेका छन् के त्यो उनीहरूको सुखद भविष्य निर्माणमा सहायक हुन्छ रु उनीहरूलाई के लाग्छ भने वर्तमानमा जुन शिक्षा आज उनीहरूलाई भारी लागिरहेको छ, भविष्यमा त्यसले के गर्ला रु केटाकेटीहरू आआफनो भविष्यप्रति चिन्तित त हुन्छन् तर यस प्रकारको शिक्षाबाट छुटकारा पाउन पनि खोजिरहेका हुन्छन् । यस परिवेशमा ती शिक्षकहरू जसले केटाकेटीहरूको मनबाट शिक्षाप्रतिको यस्तो भयलाई झिक्न सफल भएका छन् उनीहरू धन्यवादका पात्र हुन् किनभने उनीहरूको विद्यालयमा केटाकेटीहरू शिक्षाको वास्तविक आनन्द लिइरहेका छन् । उनका विद्यार्थीहरूमा रचनात्मकताको विकास भइरहेको छ । यस्ता केटाकेटीहरू स्वयं आप्mनो पाठ्यक्रममा रुचि लिन्छन् । यस्तो थुप्रै उदाहरण छ जहाँ केटाकेटीहरू आनन्दित भएर स्वेच्छाले विद्यालय जान्छन् र आप्mनो धेरैजसो समय विद्यालयको सुखद वातावरणमा बिताएर धेरै नयाँ कुरो गरिरहेका छन् ।

पढ्ने–लेख्ने यस प्रक्रियामा ती केटाकेटीमात्र सफल हुन्छन् जसले आप्mनो अधिकतम ध्यान केन्द्रित गर्न सक्छन् । यो त्यबमात्र सम्भव हुन्छ जब उनीहरूको लागि चाहिने वातावरण तयार हुन्छ । अनुकूल वातावरण तयार गर्न सबैभन्दा पहिले शिक्षकहरूले केटाकेटीहरूभित्र नियाल्नुपर्छ । उनीहरूको रुचि र क्षमता जान्नुपर्छ । उनीहरूको इच्छा अनुसार स्वयं शिक्षक तयार हुनुपर्छ । यस प्रकारको वातावरण सृजना गर्न शिक्षकले धेरै परिश्रम गर्नुपर्छ । प्रायः एउटा शिक्षकले कक्षा कोठामा मेहनत गर्छ तर परिणाम त्यति सकारात्मक आउँदैन भने शिक्षकको मिहेनत खेर जान्छ । यसको कारण के हो भने कुनै विषय पढाउनुपूर्व त्यसको लागि सही र उचित वातावरण तयार भएको हुँदैन किनभने हामीमा एकाङ्गी मेहनत गर्ने बानी बसेको छ ।

यदि हामी केटाकेटीहरूलाई बुझ्छौं, उनीहरूको इच्छा, भावना र रुचि जान्दछौं भने निश्चितरूपले हामी जुन क्रियाकलाप गर्छौं त्यो उनीहरूको अनुकूल हुन्छ । यस परिस्थितिमा उनीहरूले पनि हाम्रो कुरा बुझ्छन् । त्यसपछि हाम्रो सामु कक्षाकोठामा उनीहरू केही बुझ्दैनन् भन्ने समस्या नै रहँदैन । यस प्रकारको अनुकूल वातावरण तयार गरेर सिक्ने–सिकाउने क्रममा आउने समस्याको समाधान सजिलै गर्न सक्छौं तर शिक्षकहरूको मेहनत यस कारण सफल हुँदैन किनभने उनीहरू केटाकेटीहरू अनुकूल शिक्षण गर्दैनन् । जबसम्म स्वयं केटाकेटीहरू पाठ्यवस्तु सिक्न तयार हुँदैनन्, उनीहरूको पढाइमा सहभागिता हुँदैन र शिक्षकहरूको मेहनत खेर जान्छ ।

आज डिप्लोमा उत्तीर्ण गरेर पनि विद्यार्थीहरू आफनो विषयमा समझ बनाउन योग्य हुँदैनन् । कुनै पनि विषयवस्तु माथि त्यतिकै बोल्न सक्छन् जति कहीं पढाइएको वा घोकाइएको थियो । उनीहरू स्वयंको विचार विकसित भएको हुँदैन । यसको अर्थ के हो भने विद्यार्थीहरू आज सीमित घेरामा विकसित भइरहेका छन् र हामीहरूले उनीहरूलाई आप्mनो संसारबाट परिचित हुने मौका नै दिएनौं । जबसम्म उनीहरू आप्mनो दुनियाँमा विचरण गर्दैनन् तबसम्म त्यसलाई कसरी बुझ्न सक्छन् रु उनीहरूलाई बुझ्नको लागि सबैभन्दा पहिले हामीले कोशिश गर्नुपर्छ ।

शिक्षकहरूले आप्mनो विवेक प्रयोग गरेर केटाकेटीहरूलाई उनीहरूको दुनियाँबाट परिचित गराउनुपर्छ । उनीहरूलाई बढीभन्दा बढी स्वयं गरेर बुझ्ने अवसर दिनुपर्छ । कुनै विषयवस्तुमा केटाकेटीहरूलाई स्वयंको समझ विकसित गर्ने अवसर प्रदान गर्नुपर्छ । यसको लागि उच्च प्रविधि प्रयोग गरेरमात्र हुँदैन । केटाकेटीहरूको लागि छरछिमेकमैं धेरै कुरा हुन्छ जहाँ उनीहरूले आप्mनो अधिकांश समय व्यतीत गर्छन् । यसतर्पm धेरै शिक्षकले प्रयास पनि गरिरहेका छन् । आप्mनो परिवेशमा नै उनीहरूलाई मनमोहक वातावरण दिने प्रयास गरिरहेका छन् । यसै परिवेशमा केटाकेटीहरू धेरै ज्ञान पनि हासिल गरिरहेका छन् ।

कैयौं शिक्षकहरूले विद्यालयमा केटाकेटीहरूद्वारा भित्ते पत्रिका निर्माण गराइरहेका छन् । यिनै भित्ते पत्रिकामा केटाकेटीहरूले आप्mनो संसार खोजिरहेका छन् । यस्तै त हो केटाकेटीहरूको संसार । यसको लागि देशाटन नै गर्नुपर्छ भन्ने छैन । यसै भित्ते पत्रिकाद्वारा निष्ठावान, कर्मठ र लगनशील शिक्षकहरूले केटाकेटीहरूको प्रतिभा उजागर गरिरहेका छन् । एकातिर भित्ते पत्रिकाको माध्यमले केटाकेटीहरू जहाँ स्वयं गरेर अनुभव हासिल गरिरहेका छन्, त्यहीं आपूmलाई पाठ्यवस्तुसँग पनि जोड्छन् । केटाकेटीहरूले यसलाई आप्mनो रुचि र उमङ्गका साथ गर्छन् । यसो गर्दा उनीहरूलाई भारी अनुभव हुँदैन । स्वेच्छाले उनीहरू आप्mनो परिवेशमा केही खोज्छन् । कुनै काम जब उनीहरू रुचिपूर्वक गर्छन्, त्यसबाट प्राप्त ज्ञान स्थायी हुन्छ र शिक्षकले पनि थोरै मेहनत गरेर धेरै कुरो सिकाउन सफल हुन्छन् ।

यही हो सिक्नको लागि अनुकूल वातावरण जहाँ केटाकेटीहरू स्वेच्छाले सिक्छन् । मात्र केटाकेकेटीहरूलाई अवसर दिनुपर्छ । यस प्रकारको वातावरणमा जहाँ शिक्षकलाई कम मेहनत गर्नुपर्छ, त्यहीं केटाकेटीहरूलाई धेरै कुरो सिक्ने अवसर प्राप्त हुन्छ । केटाकेटीहरूले यही त चाहन्छन् । तर दुर्भाग्यवश हामी उनीहरूलाई यस्तो अवसर दिंदैनौं, जहाँ उनीहरू बढी सिक्छन् । भित्ते पत्रिकाद्वारा केटाकेटीहरूमा सिक्ने चाहना उत्पन्न हुन्छ । उनीहरूमा रचनात्मक प्रवृत्तिको विकास हुन्छ । कुनै पनि विषयवस्तुमा आप्mनो समझ विकसित गर्न सक्छन् र आप्mनो विचार व्यक्त गर्न सक्छन् । यो सबै गर्न संसाधन कहाँ प्रयोग भयो त रु मात्र केटाकेटीहरूलाई बुझ्ने आवश्यकता छ । अनुकूल वातावरणको लागि कुनै ठूलो शोध गर्नुपदैन ।
नेपालको धेरैजसो सामुदायिक विद्यालयमा प्रत्येक कक्षाको लागि विषयगत शिक्षक उपलब्ध छैनन् । यस्तोमा भित्ते पत्रिका शिक्षणको एउटा राम्रो माध्यम बन्न सक्छ । शिक्षकबेगर पनि विद्यार्थीहरू यस प्रकारको गतिविधिमा व्यस्त रहन्छन् । उनीहरूमा खोज गर्ने प्रवृत्तिको विकास हुन्छ । केटाकेटीहरूमा रचनात्मकता विकसित गर्ने र आत्मविश्वास पैदा गर्नका लागि भित्ते कालोपाटी बनाइयो तर वर्तमानमा त्यसको पनि सदुपयोग भइरहेको छैन । बालमैत्री विद्यालयको कल्पना पनि यसै उद्देश्यपूर्तिको लागि गरियो तर त्यो पनि निष्चेष्टप्रायः छ ।
शिक्षकहरूको दायित्व केटाकेटीहरूमा विद्यमान क्षमता पहिचान गरी त्यसको विकास गर्नु हो । यदि उनीहरू यसो गरिरहेका छन् भने यही उनीहरूको सफलता हो । सफलताको लागि कुनै ठूलो प्रमाणपत्र आवश्यक पर्दैन । शिक्षकहरू त्यसबेला गौरवान्वित हुन्छन् जब उनका विद्यार्थीहरू सफल हुन्छन् । जबसम्म हामी संसाधनको कमी औंल्याइरहन्छौं, गुणस्तरीयतामा कमी देखिन्छ । हामी शिक्षकहरूले समस्यासँग हातेमालो गर्दै विद्यार्थीहरूलाई सुखद भविष्य दिने प्रयत्न गरिरहनुपर्छ । यो कार्य केटाकेटीहरूलाई नबुझेर सम्भव हुँदैन । सरकारी व्यवस्थामा मानकहरूको अवहेलना भइरहन्छ र भविष्यमा कुनै चमत्कार हुने आश गर्नु पनि निरर्थक छ । हामीसँग जे संसाधन उपलब्ध छ त्यसको सक्दो सदुपयोग गरेर विद्यार्थीहरूको सुखद एवं उज्ज्वल भविष्यको लागि स्वयंलाई समर्पित गर्नु नै बेस हुनेछ ।

प्रतिकृया