• 9:03 am

आर्थिक विकासमा पर्यटन उद्योग

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:४१

 

आर्थिक विकास, सामाजिक एकीकरण र आबद्धताको माध्यम पर्यटन हो । विभिन्न अध्ययनले आर्थिक वृद्धि र पर्यटन उद्योगबीचमा सकारात्मक सहसम्बन्ध रहेको देखाएको सन्दर्भमा नेपालले पनि यस उद्योगको विकास र विस्तार गरी आर्थिक वृद्धि बढाउनुपर्ने देखिन्छ ।

कुल वैदेशिक व्यापारमा सेवा व्यापारको योगदान ५२ प्रतिशत रहेको परिप्रेक्ष्यमा पर्यटन उद्योगको हिस्सा ठूलो रहेको देखिन्छ । यहाँ रहेको अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदा नै पर्यटन विकासका प्रमुख आधार हुन् । तर, यस क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेको छैन, जसका कारणले यो क्षेत्रबाट आशातीत रूपमा उपलब्धि हासिल भएको छैन ।

यसमा रु। १ खर्च गरेर रु। ६० सम्म आम्दानी गर्न सकिने सम्भावना छ । नेपालमा आउने पर्यटकको बसाइ औसत १२।५७ दिन बस्ने र प्रतिदिन प्रतिव्यक्ति ४२।८ अमेरिकी डलर खर्च गर्ने गरिरहेको छ । छिमेकी मुलुक भुटानमा प्रतिदिन प्रतिपर्यटक २ सय अमेरिकी डलर खर्च छ । त्यसमा पनि धार्मिक पर्यटकहरू करिब ४० प्रतिशत रहेको र अधिकांश भारतीय नै हुने गरेकाले पर्यटक खर्च कम भएको हो।

नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तार गर्न तथा विश्वमा चिनाउनका लागि विविध प्रकारका प्रयास नभएको होइन । नेपालको संविधान, बहुवर्षीय योजनाहरू, पर्यटन नीति, वार्षिक बजेट र टुरिजम भिजन–२०२० ले समेत आन्तरिक पर्यटन र ग्रामीण पर्यटनको विकासमा जोड दिएको छ ।

पर्यटन पूर्वाधारहरू होटल, रिसोर्ट, मनोरञ्जनपूर्ण खेलजस्ता क्षेत्रको विकास पर्याप्त मात्रामा हुन नसक्नु, पर्यटन क्षेत्रको विकास र विस्तार गर्न गुरुयोजना नहुनु, धार्मिक एवं पर्यटकीय स्थलहरूको पर्याप्त मात्रामा बजारीकरण नहुँदा पर्यटनले अपेक्षित गति लिन नसकेको हो ।

पर्यटन क्षेत्रका साझेदार एवं लगानीकर्ताहरू पर्यटन विकासभन्दा प्रवद्र्धनात्मक कार्यमा संलग्न हुँदा यस क्षेत्रको विकास हुन सकेन, स्थानीय निकायको संलग्नतामा पर्यटनसम्बन्धी नीति तय गर्न नसक्दा स्थानीय निकायले पर्यटनसम्बन्धी नीतिमा अपनत्व लिएनन् र प्रभावकारितामाथि प्रश्न उठ्यो ।

पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न निकायहरू सडक, विद्युत्, सञ्चार, खानेपानीसँग समन्वयात्मक रूपमा क्रियाकलाप सञ्चालन हुन सकेन र नेपालमा आर्थिक स्वतन्त्रताको अवस्था सन्तोषजनक छैन ।

आव ०७३र७४ को नीति तथा कार्यक्रममार्फत आन्तरिक पर्यटन वर्ष वि।सं। २०७३ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी ‘राष्ट्रवादी रोजगार’ भन्ने कार्यक्रम ल्याई कार्यान्वयन हुँदै आएको छ, तर पनि यस क्षेत्रका उद्योगको विकास र विस्तार गर्न यहाँ रहेका समस्याहरूको समाधान गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ ।

नयाँ पर्यटकीय गन्तव्यस्थलको खोजी गरी त्यसको विकास र विविधीकरण गर्नुपर्छ । पर्यटकीय पूर्वाधारको विकास गर्न सके यस क्षेत्रमा लगानी बढाउँछ । पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा पर्यटन क्षेत्रको प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गरिनुपर्छ । पर्यटकीय सेवा तथा सुविधाहरूको विकास, विस्तार एवं विविधीकरण गर्ने, पर्यटन प्रवद्र्धन र पर्यटन विकास गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यापर्यटनमा जोड दिनुपर्छ ।

नयाँ पर्यटकीय गन्तव्यस्थलहरूको एकीकृत र समन्वयात्मक रूपमा पूर्वाधारको विकास गर्नुपर्छ । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्न सकिन्छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा पर्यटन प्रवद्र्धनमार्फत संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गरी प्राप्त लाभको समन्यायिक वितरण गर्नुपर्छ ।

पर्यटकीय सेवा तथा सुविधाहरूको विकास, विस्तार एवं विविधीकरण गरिनुपर्छ । पर्यटन प्रवद्र्धन गर्न छिमेकी देशहरू चीन तथा भारतलाई केन्द्रित गरी व्यापक रूपमा प्रचार–प्रसार गर्नु आवश्यक छ । पर्यटकहरूलाई उपलब्ध गराइने सेवा–सुविधाको गुणस्तरको सुनिश्चितता गर्दै दिगो पर्यटन विकासको कार्यलाई प्राथमिकीकरण गर्नुपर्छ ।

पर्यटन उद्योगको विकास पर्याप्त मात्रामा गर्न सके नेपालको आर्थिक क्रियाकलाप बढ्न गई विकासको गतिविधिमा समेत बढोत्तरी हुन जान्छ । यसका लागि सरकार, निजी क्षेत्र, तथा गैरसरकारी क्षेत्रसमेतको संयुक्त लगानी, तत्परता र सोचमा परिवर्तनको आवश्यकता हुन्छ ।

यसो हुन सकेको खण्डमा नेपाल विश्वमै आकर्षक पर्यटकीयस्थलका रूपमा विकास हुन जाने र जनताको जीवनस्तरमा समेत सुधार हुन जान्छ । यसका साथै यहाँ रहेका सम्पदाहरूको संवद्र्धन, संरक्षण र प्रवद्र्धन गरी पर्यटक आगमन, पर्यटक बसाइ र खर्चमा वृद्धि गराई विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरको सिर्जनाबाट पर्यटन क्षेत्रको माध्यमद्वारा आर्थिक विकासमा योगदान पुग्न जान्छ ।

तर, त्यसका लागि यहाँ छरिएर रहेका प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरूको संरक्षण र संवद्र्धनमा स्थानीय निकाय, समुदाय तथा निजी क्षेत्रसमेतको सहभागिता आवश्यक पर्छ । साथै, पर्यटन क्षेत्रको विकास गरी प्राप्त प्रतिफललाई न्यायोचित तरिकाले वितरण गर्न संयन्त्र बनाएर कार्यान्वयनसमेत गर्नुपर्छ ।

यसका लागि नयाँ पर्यटकीय गन्तव्यको पहिचान तथा पूर्वाधारहरूको विकास गरी कनेक्टिभिटी बढाउनुपर्छ । यसका अतिरिक्त आन्तरिक पर्यटनले अहिले पनि कुल पर्यटन उद्योगको ८० देखि ८२ प्रतिशत योगदान गर्दै आएको सन्दर्भमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यमा समेत लाग्नुपर्ने देखिन्छ । तर यसका लागि सरोकारवालाहरूमा विद्यमान नीतिको कार्यान्वयनप्रति इमानदारीको खाँचो देखिन्छ ।
स्रोत : उदय रानामगर

प्रतिकृया