असार १५ देखि सीपमूलक तालिम प्रमाण पत्र अनिवार्य
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:०५
काठमाडौं । वैदेशिक रोजगार विभागले आगामी असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति रोक्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारमुलक सीप बिकास तालिम सञ्चालन कार्य्विधि, २०७५ अनुसार विभागले आगामी असार १५ पछि वैदेशिक रोजगारमा जाने कामदारहरुका लागि सीपमूलक तालिम प्रमाण पत्र ९स्किल सर्ट्फििकेट० अनिवार्य गर्न लागेको हो ।

सीपमूलक तालिमलाई नियमित र व्यवस्थित गरी न्यूनतम सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको नीति रहेको भन्दै विभागले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क को उपनियम ९२० ले दिएको अधिकार प्रयोग गरीे कार्य्विधि बनाएको बताएको छ ।

सीपमूलक कामको लागि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिनु अघि तालिम प्रदायक संस्थाद्वारा दिइने सम्बन्धित विषयको तालिम लिएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । कम्तीमा तीस कार्य दिन ९कूल १६० घण्टा० को कोर्ष हुने तालिमका लागि प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी कडाई गरिने छ ।




प्रतिकृया