• २३ भदौ २०८३, मंगलबार
  • ११ः४९ बिहान

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:०६

 

National Life

जेठ ,काठमाडौँ । नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ।
नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन ।

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
समझादरी पत्रमा वैकल्पिक उर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख गरिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्री पुनले ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने गरी दुई देशबीच मंगलवार भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताए भने अष्ट्रियाका मन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरुमा सहयोग, लगानी र सहकार्य गर्न ईच्छुक रहेको बताएका छन ।

प्रतिकृया