• ३ साउन २०८३, आइतबार
  • ३:२७ बेलुका

नेमकिपाका कार्यकर्ता नेकपामा प्रवेश , भक्तपुरको विकास र समृद्धिमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:४३

 

जेठ १३, भक्तपुर । विकास र समृद्धिमा तिव्र गतिमा अघि बढेको भक्तपुरमा जनताको विकासको चाहना एक पछि अर्को गर्दै पुरा भइरहेका छन् ।

Kamana Sewa

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले हालसम्ममा नै आफ्नो चुनावी प्रतिवद्धतालाई पुरा गरी आगामी दिनहरुमा भक्तपुरको विकास तिब्र रुपमा अघि बढाइरहनुभएको छ ।

Classic Tech Desktop

उहाँको विकास प्रति आम भक्तपुरका जनताले साथ, सहयोग ,हातेमालो गर्दै कुनैपनि कार्य गरे असम्भव भन्ने केही छैन भन्ने भनाइलाई यथार्थमा परिणत भएको बताएका छन । उहाँ निर्वाचित भएपश्चात भक्तपुरको मुहार नै फेरिदै गएको छ ।

यसै सन्दर्भमा भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको लर्को नै लाग्न थालेको छ । जसमा कहिले विप्लव समूहका त कहिले नेपाल कजदुर किसान पार्टीका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गर्न थालेका छन् । नवप्रवेशीलाई सांसद बस्नेतले माला तथा अविर लगाएर स्वागत गर्नुभएको थियो ।
नव प्रवेशीहरुको एउटै आवाज रहेको छ कि देशको रक्षा, विकास र समृद्धिको पार्टी एक मात्र नेकपा हो । शनिवार भक्तपुरको चाँगुनाायण नगरपालिकाको वडा नं। ३ मा भएको एक कार्यक्रममा नेमकिपाका दुई नेता नेकपामा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा उत्सव माकाजु र नारायण खत्री रहेका छन् ।

नेकपामा प्रवेश गर्दै उनीहरुले भक्तपुरको विकासमा नेमकिपाले केही काम गर्न नसकेको, विकास विरोधि गतिविधिमात्र सञ्चालन गरेको, गुट र उपगुटको दलदलमा फसेको लगायतका कारणले नेकपाले भक्तपुरमा गरेको विकासलाई सम्मान गर्दै आगामी दिनमा भक्तपुरको विकास र समृद्धिमा नेकपासँग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता सहित नेकपामा प्रवेश गरेको बताएका छन् ।

प्रतिकृया