• १ असोज २०८३, बिहीबार
  • १०ः३५ राती

नेपाल प्रहरीका ४५ एसपीको सरुवा

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:४२

 

National Life

जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४५ जना प्रहरी उपरीक्षक ९एसपी० को सरुवा गरेको छ जसमा १८ जिल्लाका इन्चार्ज समेत फेरिएका छन् ।
सरुवा हुनेहरुमा कास्कीमा दानबहादुर कार्की, पर्सामा सोमेन्द्रसिंह राठौर, चितवनमा दानबहादुर मल्ल, मोरङमा विश्व अधिकरी, भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।

त्यस्तै सिरहामा उमाप्रसाद चतुर्वेदी, उदयपुरमा वीरबहादुर बुढामगर, कैलालीमा सुदीप गिरी, पाल्पामा श्यामकृष्ण अधिकारी, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, इलाममा हिराबहादुर पाण्डे, सुनसरीमा यज्ञ बिनोद पोखरेल, बर्दियामा राजेश बाँस्तोला, नवलपरासी ९पश्चिम०मा लालमणि आचार्य, धनकुटामा सुदर्शन कोइरालाको सरुवा भएको प्रधान कार्यालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सरुवा भएका एसपीहरुको जेठ महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने हुँदा आवश्यक ब्यहोरा अभिलेखालयमा जानकारी गराइदिन समेत अनुरोध गरिएको छ ।

प्रतिकृया