• ३ साउन २०८३, आइतबार
  • ३:२७ बेलुका

आकाशे पुलबाट हाम फालने एक ब्यक्तीको मृत्यु

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:३३

 

जेठ ९,
गौरब निरौला, काठमाडौं । भनिन्छ मान्छेको मृत्यु जुनबेला जसरी नि हुन सक्दछ । यस्तै आज उपत्यकाको कोटेश्वर-कलंकी सडकखण्डस्थित ग्वार्को आकाशेपुलबाट हाम फालेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

Kamana Sewa

बिहीबार विहान ६ बजे पुलबाट हाम फालेका ताप्लेजुङ हाङपाङका ६० वर्षीय कीर्तिमान राईको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सातदोबाटो प्रहरीले जनाएको छ। पुलबाट सडकमा हाम फाले पनि विहान सवारी साधन कम चलेकोले राई थप दुर्घटनाबाट जोगिएका थिए।
तर उनको उपचारको क्रममा मृत्यु भएको हो। राईले किन पुलबाट हाम फाले भन्ने यकिन तथ्यसत्य खुल्न सकेको भने छैन।
शवलाई पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

Classic Tech Desktop

यस्तै ग्वार्को आकाशेपुल सडक क्षेत्र सबैभन्दा बढि र्दुघटना हुने ठाउँ पनि हो , पछिल्लो बर्ष धेरै र्दुघटना भएर त्यहाँ साबधानी र्बोड समेत लगाइएको छ । सडक र्दुघटना मा मृत्यू धेरै भएतापनि पुलबाट हाम फालेर मृत्यू भएको यो पहिलो पटक हो ।

प्रतिकृया