• ३ साउन २०८३, आइतबार
  • ५:३९ बेलुका

प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह सुशोभन

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:००

 

काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हालै पदोन्नति हुनुभएका ३ जना प्रहरी नायव महानिरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

Kamana Sewa

नेपाल सरकार गृह मन्त्रालय ९मन्त्रीस्तर० को २०७६ वैशाख २७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा। रामकृष्ण राजभण्डारी र डा। बिजयराम श्रेष्ठलाई प्रहरी महानिरीक्षक खनालले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

Classic Tech Desktop

सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनलाई इतिहासकै नमूना संगठन बनाउन उच्च आकांक्षा, दृढ विश्वास, पूर्ण निष्ठा र नयाँ उर्जाका साथ आ९आफ्नो ठाउँबाट अगाडि बढ्न निर्देशन दिनुभयो ।

प्रहरीका हरेक काम कानुनसम्मत र व्यवहारिकताकासाथ सम्पन्न हुँदै संगठनले गति लिइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “मूलभूत रुपमा संगठन गतिशील हुनैपर्छ ।” नेतृत्वमा रहँदा लिने निर्णय दुरगामी सोचमा आधारमा हुनुपर्ने विचार व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले पदोन्नतिपछि कसरी राम्रो काम गर्ने भन्ने सोंच, आफूप्रति विश्वास, कामप्रतिको लगाव, संगठनप्रति समर्पणभाव र व्यक्तिगत निष्ठाले नै सफलता प्राप्त हुने उल्लेख गर्नुभयो ।

सांगठनिक दृष्टिकोण, प्राथमिकता र लक्ष्यमा कम ध्यान दिनाले सफलता प्राप्तिमा असर पर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “संगठनको हितका लागि विशेष किसिमले ल्याइएका यस्ता प्राथमिकताहरुलाई सबै युनिटका कर्मचारीहरुले चिन्तन मनन गरी व्यवहारमा लागू गर्नुपर्छ ।” राष्ट्र र नागरिकप्रति सदैव उत्तरदायी रहने प्रहरी कर्मचारीको बोली, वचन, व्यवहार पनि नागरिकमैत्री र असल हुनुपर्ने चर्चा गर्दै उहाँले हरेक व्यावसायिक काम इमानदारिताकासाथ ढुक्क भएर गर्नुस् भन्नुभयो ।
मानव अधिकार संरक्षण र प्रवर्द्धनमा विशेष चासो दिएर काम गर्न उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरीले विगतमा अवलम्बन गरेका केही कार्यक्रमहरुलाई समेत एकिकृत गर्दै संस्थागत रुपमा लैजान समुदाय९प्रहरी साझेदारी कार्यक्रम ल्याइएको उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन यसको अवधारणा पूर्ण पालना गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

सूचना प्रविधिको समुचित प्रयोग गर्दै सुशासन कायम गर्नका लागि सकारात्मक परिवर्तन आउने गरी हरेक कामको उचित व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नमूना संगठन बनाउने कटिबद्धता, आकांक्षा र योजनाकासाथ प्रहरी महानिरीक्षकज्यूले निर्धारण गरेका संगठनका प्राथमिकताहरुको कार्यान्वयन गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम नेपाल प्रहरीको इतिहासमा ऐतिहासिक कार्यक्रमको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दै यसलाई संस्थागत रुपमा विकास गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया