• १ असोज २०८३, बिहीबार
  • ८ः४२ राती

मेयर श्रेष्ठले भत्काए हनुमन्ते पुल

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:०१

 

National Life

भक्तपुर । तिव्र विकास र समृद्धिको यात्रामा दैडिएको भक्तपुरमा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जनताको विकास प्रतिको सपनामा कालो बादल लगाउँदै हनुमन्ते नदीमा निर्माणाधीन पुलको आधार सडक मापदण्डविपरीत भएको भन्दै डोजर लगाइ भत्काइदिएका छन ।

भक्तपुरको सूर्य्विनायक नगरपालिका वडा नम्बर ४ बालकोट र मध्यपुरथिमी नगरपालिका वडा नम्बर ४ शंखधर चोक जोड्ने हनुमन्ते खोलाको नयाँ पुल नगर प्रमुख श्रेष्ठले सडकभन्दा अग्लो पुलसम्म पुग्न बन्दै गरेको आधार सडक डोजर लगाएर भत्काएका हुन ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई करोडको लागतमा साविक जिल्ला समन्वय समितिको ठेक्का भई पूर्वाधार कार्यालय धुलिखेल तथा स्थानीय सडक, पुल सहयोग इकाई, मानभवनको प्राविधिक सहयोगमा निर्मित हनुमन्ते नदीको पुल निर्माण कार्यको अन्तिम चरणमा पुर्याइएको थियो । निर्माण कम्पनीले सडकभन्दा अग्लो पुलसम्म पुग्न साढे तीन मिटर लम्बाइ र फुटपाथसहित साढे दश मिटर चौडाइ रहेको आधार सडक ढलान गर्ने तयारी गरेको थियो । पुलको करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको थियो । बाँकी करिव १० प्रतिशत काम यहि आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ तिव्र गतिमा निर्माण कार्य भइरहेको थियो ।

आधार सडक ढलानका लागि तयार भएका रड, ढुंगा र माटो नदीमा खसालिएको छ । पुल सडकभन्दा अग्लो छ ।
हजारौं भक्तपुरवासीको विकासको भाग्य र भविष्यमाथि खेलवाड गर्दै मेयर श्रेष्ठले नेपाल सरकारको दुई करोड रकमलाई खोलामा बगाईमात्र दिएनन् कि भक्तपुरको विकासमा अध्यारो लगाउने समेत प्रयास गरेका छन् ।

निर्माण कम्पनीले भने मेयर श्रेष्ठले आफूहरूलाई कुनै जानकारी नै नदिई पुलमा क्षति हुने गरी आधार सडक भत्काइदिएको जनाएको छ  र मेयरका कारण पुल निर्माण अलपत्र बनेको र १५ लाख रुपैयाँबराबरको क्षति भएको र हनुमन्ते करिडोर निर्माण हुँदा सडकको दायाँबायाँ २० मिटर छाड्ने र त्यसमध्ये ११ मिटरको सडक निर्माण हुने सहमति छ । आधार सडक भत्काउँदा भएको क्षतिपूर्ति नपाए बाँकी काम नगर्ने निर्माण कम्पनीको भनाइ छ ।
पुलको चौडाई ठूलो भएका कारण अन्य बाटोलाई असर परेको भन्दै मेयर श्रेष्ठले उक्त पुल डोजर लगाएको स्थानीयवासीले बताएका छन् ।

प्रतिकृया