• ४ साउन २०८३, सोमबार
  • २:०१ बिहान

सूर्यविनायक नगरपालिकाको घुम्ती शिविरमा सयौ स्थानीयले लिए सरकारी सेवा

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:०७

 

भक्तपुर ।
सूर्यविनायक नगरपालिकाले आईतबार आयोजना गरेको बृहत् एकिकृत घुम्ती शिविर तथा निःशुल्क स्वास्थ्य शिविरमा सयौ स्थानीयले सरकारी सेवा लिएका छन् । नगरापालिकाले गाउँगाउँमा सेवा पुर्याउने उद्देश्यले वडा नम्बर ९ र १० का नागरिकलाई केन्द्रीत गरी बृहत एकिकृत घुम्ती शिविर सञ्चालन गरी ४ हजार ४ सय आठ स्थानीयलाई सेवा प्रदान गरेको हो ।

Kamana Sewa

पलाँसे स्थित फनपार्कमा आयोजना गरिएको शिविरमा सरकारी सेवातर्फ नागरिकता वितरण, अपाङ्ग परिचय पत्र वितरण, मतदाता नामावली सङ्कलन, जेष्ठ नागरिक परिचयपत्र लगायत जिल्ला प्रशासन कार्यालय, नगरपालिका र अन्य सरकारी कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवा उपलब्ध गराइएको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

Classic Tech Desktop

शिविरमा माटो परीक्षण तथा बाली उपचार सेवा, मौसमी तरकारी बिउ बिजन एवम् बिरुवा वितरण, कृषि प्रविधि प्रसारण, व्यवसाय तथा घरेलु उद्योग दर्ता, पशु सेवा तर्फ नाम्ले जुकाको औषधि वितरण, गोबर जाँच, पशु स्वास्थ्य शिविर एवम् परामर्श, पशु बीमा तथा व्यवसाय लगायतको सेवा प्रदान गरिनुका साथै प्रतिव्यक्ति दुईकिलो धानको बिऊ निःशुल्क वितरण गरिएको थियो । शिबिरमा ७ सय ५२ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको ,३ सय ८३ जनाले गोबरजाँच सहित पशुसेवा लिएको ,एक हजार १ सय ९ जनाले धानको बीउ पाएको नगरपालिकाले जनाएको छ ।

परिवार नियोजन संघ काठमाडौं जडिबुटी शाखाले महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षण र परामर्श सञ्चालन गरेको थियो ।

स्वास्थ्यतर्फ विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले स्त्री रोग, बालरोग, हाडजोर्नी, नाक, कान, घाँटी रोग, दन्तरोग, आँखारोग, जनरल मेडिसिन, छातिरोग, छालारोग, ग्यास्ट्रोलोजि, सर्जिकल सेवा, प्राथमिक उपचार गर्नुका साथै निःशुल्क औषधी समेत वितरण गरेको थियो ।

शिविरमा बृहत सिकाइ अन्तर्गत विपद् जोखिम न्यूनीकरण, सहकारी सेवा, विभिन्न निजी तथा सरकारी निकायबाट प्राप्त सेवा, सार्वजनिक सुनुवाई, विभिन्न सरकारी तथा स्थानीय उत्पादन सामग्रीको प्रदर्शनी तथा बृहत् साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो । नगरपालिकाले यस अघि गुण्डुमा यस्तै शिविरको आयोजना गरेको थियो ।

प्रतिकृया