• २९ जेठ २०८३, शुक्रबार
  • १०:२८ बेलुका

नेकपाले सुम्पियो विराटनगर युवा संघको नेतृत्व

प्रकाशित मिति

२०७७ आश्विन १७ गते, शनिबार १२:२४

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघको जिम्मेवारी बाँडफाँड हुँदा विराटनगर महानगरपालिकामा भने आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले नेतृत्व पाएका छन्। राष्ट्रिय युवा संघले बिहीबार केन्द्रीय निकाय, विभाग र आयोगहरूको बाँडफाँड, जिल्ला, महानगर र उपमहानगरको नेतृत्वबारे निर्णय गरेको थियो। विराटनगर महानगरपालिकामा आजम परवेज मियाँलाई संयोजक तोकिएको छ।

उनी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत र उच्च अदालतले ६ महिना जेल सजाय तोकिएका अभियुक्त हुन्। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहिरहेकै बखत युवा संघले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएको हो। मियाँले सर्वोच्च अदालतमा पुनरावेदन गरिरहेकाले पक्राउ गर्न नमिल्ने ‘छुट पूर्जी’ बोकिरहेका छन्।

Kamana Sewa

मोरङ प्रहरीले एक पटक केही समयअघि पक्राउ गरे पनि पुनरावेदनको छुट पूर्जीका कारण छोडेको पीडितले बताएका छन्। उनीमाथि विराटनगर-९ का मोहम्मद जाकिर हुसैन, साकिर हुसैन र साजिद हुसैनमाथि २०६९ साल भदौ ३ गते ज्यान मार्ने कसुर गरेको अभियोग छ। पीडितहरू एकाघरका दाजुभाइ हुन्। पीडितका बुवा सलिम हुसैनका अनुसार तरबार प्रहार गरी तीनै छोरालाई परवेजले सख्त घाइते बनाएका थिए। उनलाई यो मुद्दा ९ वर्षसम्म चलिरहँदा प्रहरीले पक्राउ गरेन। ‘अहिले सर्वोच्चको छुटपूर्जी बोकेर कानुनी राज्यलाई चुनौती दिइरहेका छन्, खै हामीलाई त कहिल्यै न्याय भएन,’ हुसैनले सेतोपाटीसँग भने।

Classic Tech Desktop

परवेजमाथि यो सँगै अन्य तीन वटा मुद्दा पनि थिए। हजमिरी हुसैनलाई ज्यान मार्ने उद्योग गरेको अभियोग उनीमाथि छ। यस्तै, २०६८ भदौमा उनले विराटनगरका खमानसिंह बोहरालाई अपहरण तथा शरीर बन्धक बनाएर १० लाख रुपैयाँ असुल्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाएका थिए। उनी सुरूमा कांग्रेसनिकट रहेर विराटनगरमा आपराधिक गतिविधि गर्थे। पछि माओवादीमा गएका थिए। यस्तै, महानगरपालिकाको सहसंयोजकमा किरण लामालाई जिम्मेवारी दिइएको छ। उनलाई पनि मनसायजन्य सवारी दुर्घटना गरेको कसुरमा प्रहरीले एक वर्षअघि पक्राउ गरेको थियो। उनी सवार सवारीले विराटनगर-४ बरगाछीमा मोटरसाइकललाई ठक्कर दिँदा शंकरकुमार मिश्रको मृत्यु भएको थियो। उनी केही समय जेल परेर छुटेका थिए।

लामा सवार बा२०च ७४० नम्बरको गाडीले को३प ५६३४ ठक्कर दिँदा मिश्रको घटनास्थलमै मृत्यु भएको थियो। एयरपोर्टमोडको एक होटलमा मदिरा सेवन गरेर गाडी चलाई आएका लामा सवारी दुर्घटना गराएर केही समय फरार भएका थिए। जानी-जानी दुर्घटना गराएर उनले ज्यान लिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

प्रतिकृया