• १३ असोज २०८३, मंगलबार
  • २ः२५ दिउँसो

आज पनि वर्षा र चट्याङको सम्भावना, तराईमा तातो लहरको असर कायम

प्रकाशित मिति

२०८३ जेष्ठ २२ गते, शुक्रबार ०९:५४

२२ जेठ २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ।

National Life

विभागका अनुसार अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहरको अवस्था रहने सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि तातो दिनको प्रभाव कायम रहने मौसमविद्हरूले बताएका छन्।

आज राति कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भू–भाग तथा मधेश प्रदेशमा आंशिक बदली रहने अनुमान छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिकृया