• २२ जेठ २०८३, शुक्रबार
  • १०:३२ बिहान

आजदेखि एभरेष्ट कलरको आईपीओ खुला

प्रकाशित मिति

२०८३ जेष्ठ २२ गते, शुक्रबार ०९:१४

२२ जेठ २०८३ काठमाडौं – एभरेष्ट कलर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरिएको हो।

कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ लाख ९० हजार कित्ता आईपीओ बिक्री गर्ने अनुमति पाएको थियो। यसमध्ये ७९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिसकिएको छ।

Kamana Sewa

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ २७ गतेसम्म तोकिएको छ। उक्त अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया