• १० असोज २०८३, शनिबार
  • ३ः०८ राती

टिकटककर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा, ६ करोडभन्दा बढी ठगीको आरोप

प्रकाशित मिति

२०८३ जेष्ठ २१ गते, बिहीबार ०४:४४

२१ जेठ २०८३ ललितपुर – टिकटककर तुल्सा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो।

National Life

अधिकारीलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा गत जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो। पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो।

उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। पछिल्लो समय चीनमा बस्दै आएकी अधिकारीमाथि अनुसन्धान सुरु भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरीका अनुसार कुमार चिमोरिया नामका व्यक्तिले २०८२ साउन २२ गते प्रहरी वृत्त सातदोबाटोमा अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए। अनुसन्धानका क्रममा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा समेत संलग्न रहेको देखिएपछि उक्त विषयमा पनि छुट्टै अनुसन्धान अघि बढाइएको थियो।

सम्पत्ति शुद्धीकरण विभागको सुझावका आधारमा २०८२ कात्तिक २० गतेदेखि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान समेत सुरु गरिएको प्रहरीले जनाएको छ। अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरिएको छ। अब उनीमाथिको मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामै राखेर अनुसन्धान र सुनुवाइ प्रक्रिया अघि बढाइनेछ।

प्रतिकृया