• २२ जेठ २०८३, शुक्रबार
  • १०:३२ बिहान

रवि फर्किँदै, खनाल भारत जाँदै: कूटनीतिक भेटघाटमा केन्द्रित

प्रकाशित मिति

२०८३ जेष्ठ २२ गते, शुक्रबार ०९:०२

२२ जेठ २०८३ काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल आज तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दैछन्। भारतका विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा मन्त्री खनाल नयाँ दिल्ली जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारतमा रहनेछन्। भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्।

Kamana Sewa

भेटमा नेपाल–भारत व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा सहयोग तथा जनस्तरको सम्बन्धलगायत द्विपक्षीय हितका विभिन्न विषयमा विस्तृत छलफल हुने बताइएको छ। साथै, दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने र सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा पनि विचार आदानप्रदान हुने जनाइएको छ।

Classic Tech Desktop

यता, रवि लामिछाने भारत भ्रमणबाट स्वदेश फर्किने दिनमै परराष्ट्रमन्त्री खनाल भारत जान लागेकाले यस भ्रमणलाई राजनीतिक तथा कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिकृया