• २ भदौ २०८३, बुधबार
  • १:५९ बिहान

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

प्रकाशित मिति

२०८३ जेष्ठ २२ गते, शुक्रबार १०:२७

२२ जेठ २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बीच बाटोमै साम्पाङ दुर्घटनामा परेको जनाइएको छ।

दुर्घटनामा उनको हातमा सामान्य चोट लागेको र स्वास्थ्य अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँती ले जानकारी दिएका छन्।

Kamana Sewa

दुर्घटनापछि पनि साम्पाङ निर्धारित कार्यक्रमस्थलमा पुगेर कार्यक्रममा सहभागी भएको बताइएको छ। हाल उनको अवस्था खतरा बाहिर रहेको पार्टीले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया