• ५ असोज २०८३, सोमबार
  • ११ः१७ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार ०८:५६

२७ जेठ २०८३ काठमाडौं – नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली छ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

National Life

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने विभागले जनाएको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्य बदली रहने पूर्वानुमान छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णालीसहित अन्य प्रदेशका हिमाली भू–भाग र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विभागले वर्षा, चट्याङ तथा हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिकृया