• १४ साउन २०८३, बिहीबार
  • १०:१७ बेलुका

सुधन र महावीरले लिए शपथ

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार ०५:२७

२६ जेठ २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीहरूले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले पाएका छन् भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व महावीर पुनले सम्हालेका छन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो।

Kamana Sewa

गुरुङ यसअघि पनि गृहमन्त्री रहिसकेका छन्। सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। तर सरकारले गठन गरेको छानबिन समितिले आरोप पुष्टि नभएको निष्कर्ष निकाल्दै उनलाई क्लिनचिट दिएपछि पुनः गृहमन्त्रीको जिम्मेवारी दिइएको हो।

Classic Tech Desktop

यस्तै, महावीर पुन यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए। फागुन २१ गतेको निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए।

गोरखा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गुरुङ पुनः मन्त्रिपरिषद्मा फर्किएका हुन् भने म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद पुन पहिलोपटक वर्तमान सरकारमा मन्त्री बनेका छन्। मन्त्रिपरिषद् विस्तारसँगै सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई प्राथमिकतामा राख्ने संकेत गरेको छ।

प्रतिकृया