• ७ असोज २०८३, बुधबार
  • १ः२० दिउँसो

अर्थमन्त्री वाग्लेलाई एमाले सांसद गुरु बरालको जवाफ, दूधको दूध पानीको पानी गर्न प्रतिपक्ष तयार छ

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार १२:२३

२९ जेठ २०८३ काठमाडौं – नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विगतका सबै घटनालाई “दूधको दूध पानीको पानी” गरेर छुट्याउन प्रतिपक्ष तयार रहेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले विपक्षी दलका सांसदहरूलाई लक्षित गर्दै “तपाईंहरूको काण्डबारे पनि आफू अनभिज्ञ नरहेको र ती पनि खुल्नेछन्” भन्ने अभिव्यक्ति दिएपछि त्यसको प्रतिक्रिया स्वरूप बरालले यस्तो जवाफ दिएका हुन्।

National Life

बरालले भने, “देशको अर्थमन्त्रीले आफ्नो विचार अभिव्यक्ति गरिरहँदा विगतको इतिहासलाई केलाएर केही सन्दर्भहरू उठाउनुभयो। विगतका सबै घटनालाई दूधको दूध पानीको पानी गरेर छुट्याउनका लागि यो प्रतिपक्ष हाजिर छ, खडा छ र त्यसले सत्यापन गर्न सक्छ, कमजोरी भए सच्याउन चाहन्छ।”

उनले विगतका विषय उठाएर अर्थमन्त्रीले बजेटसम्बन्धी प्रक्रियामा छेडखानी गर्न नपाउने पनि बताए।

Classic Tech Mobile
Classic Tech Desktop

बरालले थपे, “विगतको कुरालाई देखाएर अहिले अर्थमन्त्रीले बजेटको दररेटमाथि छेडखानी गरी राजस्वलाई तलमाथि पार्नुभएको छ भने त्यो स्वीकार्य हुँदैन। यस विषयमा अर्थमन्त्रीको ध्यान सभामुखमार्फत आकृष्ट गरियोस्। संसदीय छानबिन समिति गठन गरेर निष्पक्ष छानबिन गर्नुपर्छ।”

उनले यस्तो विषयलाई समयमै नछानबिन गरे गलत अभ्यास बस्ने खतरा रहने भन्दै संसदीय समिति गठनको आवश्यकता औंल्याए।

प्रतिकृया