• ८ असोज २०८३, बिहीबार
  • ५ः०४ बेलुका

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा सीमा मुद्दा नउठेको भन्दै राप्रपा सचेतक खुसीबु ओलीको असन्तुष्टि

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार १२:३२

२९ जेठ २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सचेतक खुसीबु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणका क्रममा सीमा विवादको विषय नउठाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको आधिकारिक प्रेस नोटबाट सीमा समस्यासम्बन्धी विषय नै हटाइएको दाबी गरिन्।

National Life

ओलीका अनुसार दिल्ली भ्रमणका क्रममा भएका औपचारिक भेटवार्तामा परराष्ट्रमन्त्रीले सीमा विवादबारे कुनै छलफल नगरेको र नेपाली पक्षद्वारा जारी प्रेस विज्ञप्तिमा पनि त्यसको उल्लेख नरहेको बताइन्।

उनले भनिन्, “काठमाडौंबाट दिल्ली जाँदा पछि बोल्छु भन्नुभएको थियो। तर दिल्लीको औपचारिक वार्तामा कतै सीमाको विषय उठाउनुभएन। नेपाली पक्षले निकालेको प्रेस विज्ञप्तिमा पनि सीमा विवादको एक शब्द छैन।”

Classic Tech Mobile
Classic Tech Desktop

ओलीले सीमा समस्या र सीमा व्यवस्थापन फरक विषय भएको उल्लेख गर्दै सरकारको प्रस्तुति कमजोर भएको आरोप लगाइन्। उनले विगतका वर्षहरूमा नेपाल सरकारका प्रेस नोटमा सीमा विषय उल्लेख हुने गरेको तर यसपटक पहिलोपटक नदेखिएको दाबी गरिन्।

साथै, परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लागेकाले त्यहाँ लिपुलेक र कालापानीलगायत सीमा मुद्दा सशक्त रूपमा उठाउनुपर्ने सुझावसमेत दिएकी छन्।

प्रतिकृया