• ८ असोज २०८३, बिहीबार
  • ५ः४७ बेलुका

प्रधानमन्त्रीको संसद् अनुपस्थितिप्रति कांग्रेस सांसद केसीको आपत्ति, ‘काण्डको फाइल खोल्ने धम्की संसदीय मर्यादाविपरीत’

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार १२:४०

२९ जेठ २०८३ काठमाडौं – नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्रीको संसद् अनुपस्थिति र मौनता व्यक्तिगत लहडको विषय नभएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको नियमित अनुपस्थितिलाई संसद्प्रति बेवास्ता गरेको रूपमा अर्थ्याउनुपर्ने धारणा राखे।

National Life

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रश्न गर्ने सांसदलाई “काण्डको फाइल खोल्छु” भन्ने अभिव्यक्ति दिएकोप्रति कडा आपत्ति जनाउँदै त्यसलाई संसदीय मर्यादामाथिको अपमान भनेका छन्। केसीले भने, “प्रधानमन्त्रीको संसद् अनुपस्थिति र मौनता उहाँको रुचि वा व्यक्तिगत लहडको विषय होइन। प्रश्न गर्ने नागरिक अधिकार हो भने सांसदहरूको विशेष अधिकार हो। प्रश्न गर्ने सांसदलाई काण्डको फाइल खोल्ने भन्नु संसदीय मर्यादामाथिको अपमान हो।”

उनले संसद् बहस, तर्क र नीतिगत विमर्शको थलो भएको भन्दै धम्की र प्रतिशोधको स्थान नभएको स्पष्ट पारे। केसीले राष्ट्रियताजस्तो गम्भीर विषय उठ्दा पनि प्रधानमन्त्री लगातार अनुपस्थित रहनु संसद र जनताप्रति उपेक्षा भएको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार प्रधानमन्त्रीको दायित्व अन्य निकायमार्फत पूरा गराइनु पनि संसदीय अभ्यासमाथिको अपमान हो। उनले शक्ति सन्तुलन कमजोर हुँदै गएको र संसदीय मर्यादा तथा संस्थागत गरिमा कुण्ठित हुने जोखिम बढेको चेतावनी दिएका छन्।

प्रतिकृया