• २६ जेठ २०८३, मंगलबार
  • ११:२२ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार ०९:३६

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा समेत वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

Kamana Sewa

यसैबीच, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिनको अवस्था कायम रहने मौसमविद्ले बताएका छन् ।

Classic Tech Desktop

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्र तथा मधेस प्रदेशसहित अन्य केही भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

महाशाखाका अनुसार रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसमविद्ले वर्षा, चट्याङ र तातो मौसमको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिकृया