• २९ जेठ २०८३, शुक्रबार
  • ११:०७ बिहान

नुहाउने क्रममा आमासहित ४ छोराछोरी अझै बेपत्ता

प्रकाशित मिति

२०७७ आश्विन १७ गते, शनिबार ११:१८

काठमाडौँ, बाजुराको हिमाली गाउँपालिका–५ कवाडी खोलामा बगेर शुक्रबार बेपत्ता भएका पाँच जना शनिबार बिहानसम्म भेटिएका छैनन् । उनीहरु एकै परिवारको रहेको प्रहरीले जनाएको छ । खोलाले बगाएर बेपत्ता हुनेमा सत्ता नेपालीलगायत उनकी छोरी ५ वर्षकी आरती, ४ वर्षकी सन्तोषी, १ वर्षीया छोरी किस्मती र २ वर्षीय छोरा सम्मान रहेका छन् ।

बेपत्ता उनीहरुको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरु परिचालन भएका छन् । यद्यपी हालसम्म पनि उनीहरु नभेटिएको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजित महराले बताए । उनीहरूको खोजी निरन्तर गरिरहेका डीएसपी महराले जानकारी दिँदै भने, ‘शुक्रबार दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएका थिए ।’

Kamana Sewa

प्रतिकृया