• ४ असोज २०८३, आइतबार
  • ५ः३१ बेलुका

सभामुख सरकारको प्रतिरक्षामा उत्रनु उचित होइन : एमाले महासचिव पोखरेल

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार ०९:५०

२९ जेठ २०८३ काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षामा सभामुख स्वयं उत्रिनु उचित नहुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले संसदीय व्यवस्थामा सांसदहरू नै मुख्य खेलाडी हुने भएकाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

National Life

पोखरेलले प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद तथा प्रतिरक्षा गर्ने क्रम बढेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले सभामुख विपक्षी सांसदहरूसँग प्रत्यक्ष बहसमा उत्रिनु पनि संसदीय अभ्यासअनुकूल नभएको उल्लेख गरेका छन्।

“सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन्,” पोखरेलले फेसबुकमा लेखेका छन्। पछिल्ला दिनहरूमा संसदमा सरकार र प्रतिपक्षबीच चर्को बहस भइरहेका बेला सभामुखको भूमिकालाई लिएर पनि विभिन्न टिप्पणीहरू सार्वजनिक भइरहेका छन्। पोखरेलको अभिव्यक्ति पनि सोही सन्दर्भमा आएको मानिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया