• ४ असोज २०८३, आइतबार
  • १ः५० दिउँसो

विश्वकपमा पहिलोपटक भिड्दै दक्षिण कोरिया र चेक गणतन्त्र

प्रकाशित मिति

२०८३ जेष्ठ २९ गते, शुक्रबार ०९:३१

२९ जेठ २०८३ काठमाडौं – फिफा विश्वकपमा आज दक्षिण कोरिया र चेक गणतन्त्रबीचको प्रतिस्पर्धाले फुटबल समर्थकको ध्यान खिचेको छ। विश्वकप इतिहासमा यी दुई टोली पहिलोपटक आमनेसामने हुन लागेका हुन्।

National Life

हालसम्म दुवै टोलीबीच चार अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये दक्षिण कोरिया र चेक गणतन्त्रले समान एक–एक खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन्। विगतको नतिजाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने संकेत गरेको छ।

विश्व वरीयतामा दक्षिण कोरिया २५औँ स्थानमा छ भने चेक गणतन्त्र ४१औँ स्थानमा रहेको छ। वरीयतामा दक्षिण कोरिया अगाडि भए पनि चेक टोलीको पछिल्लो प्रदर्शनले खेललाई थप रोचक बनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

दक्षिण कोरियाको मुख्य आशा कप्तान सोन ह्युङ–मिनमाथि रहनेछ। हाल अमेरिकी क्लब लस एन्जलस एफसीबाट खेलिरहेका उनले पछिल्ला मैत्रीपूर्ण खेलमा दुई गोल गरेका थिए। ३३ वर्षीय सोनका लागि यो अन्तिम विश्वकप हुन सक्ने चर्चा पनि चलिरहेको छ।

सन् २०२२ को विश्वकपमा दक्षिण कोरिया अन्तिम १६ सम्म पुगेको थियो। त्यसक्रममा ह्वाङ ही–चानले पोर्चुगलविरुद्ध अन्तिम समयमा निर्णायक गोल गर्दै टोलीलाई नकआउट चरणमा पुर्‍याएका थिए। यसपटक पनि उनीबाट समर्थकले उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छन्।

उता चेक गणतन्त्र २० वर्षपछि विश्वकपमा फर्किएको टोली हो। सन् १९३४ र १९६२ मा उपविजेता बनेको इतिहास बोकेको चेक टोलीले युरोपेली छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको थियो। प्रशिक्षक मिरोस्लाभ कोउबेकको नेतृत्वमा टोलीको प्रदर्शनमा उल्लेखनीय सुधार आएको मानिन्छ।

दुवै टोलीबीचको पछिल्लो भेट सन् २०१६ मा भएको थियो, जहाँ दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ ले पराजित गरेको थियो।

पछिल्लो लय हेर्दा चेक गणतन्त्र आत्मविश्वासका साथ मैदान उत्रँदैछ भने दक्षिण कोरिया पनि अनुभवी खेलाडीहरूको साथमा विजयी सुरुआत गर्ने लक्ष्यमा रहेको छ। मेक्सिकोको जापोपानमा हुने यो खेल नेपाली समयअनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।

प्रतिकृया