• ३ असोज २०८३, शनिबार
  • १०ः०५ राती

नेप्से ८.१४ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ९० करोडमाथि

प्रकाशित मिति

२०८३ जेष्ठ २८ गते, बिहीबार ०३:५३

२८ जेठ २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ८.१४ अंकले बढेर २७२८.०३ बिन्दुमा पुगेको छ। आज ३५० कम्पनीका ९२ लाख ३१ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

National Life

बजार परिसूचक बढे पनि अधिकांश उपसूचक भने राताम्मे भएका छन्। कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसूचक घटेका छन्। फाइनान्स समूह १.४५ प्रतिशत, विकास बैंक समूह ०.५१ प्रतिशत तथा वाणिज्य बैंक समूह ०.२५ प्रतिशतले घटेका छन्।

यसदिन ८२ कम्पनीको शेयर मूल्य बढ्दा १७८ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बजार बढे पनि अधिकांश कम्पनीको शेयर मूल्य घटेकाले सीमित कम्पनीहरूको मूल्यवृद्धिले नेप्सेलाई सकारात्मक क्षेत्रमा कायम राखेको देखिन्छ।

प्रतिकृया