• ३ असोज २०८३, शनिबार
  • ११ः२७ राती

दाँतको उपचारका लागि शिक्षण अस्पताल पुगे केपी शर्मा ओली

प्रकाशित मिति

२०८३ जेष्ठ २८ गते, बिहीबार ०४:०२

२८ जेठ २०८३ काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली दाँतसम्बन्धी समस्याको उपचारका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। ओलीको सचिवालयका अनुसार दाँतमा समस्या देखिएपछि उनी उपचारका लागि अस्पताल गएका हुन्।

National Life

हाल अस्पतालमा उनको उपचार भइरहेको जनाइएको छ। सचिवालय प्रमुख निरुदेवी पालले अध्यक्ष ओली दाँतको उपचारका लागि अस्पताल पुगेको र चिकित्सकको निगरानीमा उपचार जारी रहेको जानकारी दिइन्।

ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका लागि अस्पताल पुगेको स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया