• १० असार २०८३, बुधबार
  • २:२७ बेलुका

विश्व शाकाहारी दिवस

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०३:१९

काठमाडौं आज अक्टोबर १ आर्थत् विश्व शाकाहारी दिवस ! शाकाहारी जीवनशैली अपनाउँदा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ ।

अहिले संसार कोरोनाभाइरससँग लडिरहेको छ । सन् २०२० कोरोनासँग डराएरै बितेको छ । मांसाहारीको बानीले गर्दा नै कोरोना महामारी फैलिएको हो ।
हामी दिनदिनै अनेकथरी पशुको सम्पर्कमा हुन्छौं । जनावरमा भएका कीटाणुहरूले मानिसलाई बिरामी बनाउँछन् । पशुबाट मानिसमा पुग्ने कीटाणुमा हुने रोगलाई जूनोटिक भनिन्छ । यसले मृत्युुसमेत गराउन सक्ने सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले भनेको छ ।

Kamana Sewa

वैज्ञानिकहरूको अनुमान अनुसार, १० मध्ये ६ संक्रमण जनावरबाट मानिसमा सर्छ । अनि प्रत्येक ४ नयाँ तथा उदीयमान सरुवा रोगमध्ये तीन वटा पशुबाट आउँछ । पशुहितमा काम गर्ने संस्था पेटाका अनुसार, भोजनका लागि पशुपालन गर्ने काम खराब हो किनकि जनावरहरूले ज्यादा अनाज खाएर थोरै मासु, दुग्ध पदार्थ वा अण्डा उपलब्ध गराउँ छन् । जनावरको एक किलो मासुका लागि १० किलोसम्म अनाज खुवाउनुपर्ने हुन्छ ।

Classic Tech Desktop

वर्ल्ड वाच इन्स्टिच्युटका अनुसार, संसारमा प्रत्येक ६ मध्ये एक व्यक्ति राति भोकै सुत्छ । यस्तो विकराल अवस्थामा मांस उत्पादन गर्दा अनाजको दुरुपयोग हुन्छ । अनाज सीधै मानिसले उपयोग गर्ने हो भने बढी असरदार हुन्छ । पेटाका अनुसार, शाकाहारी भोजनले संसारमा भोकमरी अन्त्य गर्न सक्छ ।

शाकाहारी जीवनशैली अपनाउँदा सन् २०५० सम्म अनुमानित ९०० करोड मानिसका लागि धर्तीमा पर्याप्त खाद्यान्न हुन्छ । अनाजको ४० प्रतिशत उत्पादन भोजनका लागि पालिने जनावरको साटो सीधै मानिसलाई दिए मात्र यो सम्भव छ । शुद्ध शाकाहारी भोजनका लागि दिनको ११ सय ३० लिटर पानी आवश्यक पर्छ भने मांसाहारी भोजनका लागि दिनदिनै १५ हजार लिटरभन्दा बढी पानी आवश्यक हुन्छ ।विश्व स्वास्थ्य संगठनको आकलन अनुसार, प्रत्येक वर्ष जुनोसिसका कारण लगभग एक अर्ब मानिस अनेकथरी रोगको शिकार बन्छन् र लाखौंले ज्यान गुमाउँछन् ।

मासु, दुग्ध पदार्थ तथा अण्डाका कारण मोटोपन, क्यान्सर, मधुमेह तथा नपुंसक बन्ने समस्या आउँछन् भने शाकाहारीहरूमा यस्ता समस्या ५० प्रतिशत कम हुन्छ ।

 

प्रतिकृया