• १६ असोज २०८३, शुक्रबार
  • ६ः३१ बिहान

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार १०:४३

१० असार २०८३ काठमाडौं – खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) थुप्रिने क्रम बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म स्ट्यान्डर्ड चार्टर्डबाहेक १९ वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति १९.५१ प्रतिशतले बढेर ४५ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ३८ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ रहेको थियो।

National Life

यो अवधिमा १२ बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले यस्तो सम्पत्ति घटाउन सफल भएका छन्।

वैशाखसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको छ। बैंकको यस्तो सम्पत्ति १८.०९ प्रतिशतले बढेर ६ अर्ब ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९० करोड २४ लाख रुपैयाँ रहेको छ भने तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकको यस्तो सम्पत्ति ११०.८६ प्रतिशतले बढेर ४ अर्ब ९९ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता, नेपाल बैंकमा सबैभन्दा कम २३ करोड ३६ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.४७ प्रतिशतले बढी हो।

प्रतिकृया