तीन दिन बिदामा पनि सरकारी अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन
प्रकाशित मिति
२०८३ बैशाख १८ गते, शुक्रबार १०:२०
१८ बैशाख २०८३ काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण अस्पतालमा ओपीडी सेवा प्रभावित भई सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था देखिएकाले यस्तो निर्देशन जारी गरिएको हो।
उनले बिदाको अवधिमा पनि नियमित स्वास्थ्य सेवा सुनिश्चित गर्न सबै सरकारी अस्पताललाई आवश्यक व्यवस्था मिलाएर ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरिएको बताए।

मन्त्रालयले आकस्मिक सेवा जस्तै ओपीडी सेवा पनि निरन्तर सञ्चालन हुँदा बिरामीलाई उपचारमा सहजता हुने विश्वास व्यक्त गरेको छ।

Related
Recent News
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
- एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रु.पन्ध्र लाख सहयोग
- महालक्ष्मी विकास बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
- माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला, खोजी तथा उद्धार जारी
- बाढीपीडितका लागि निर्जीवन बीमा व्यवसायी संघद्वारा ३ करोड ४७ लाख सहयोग
- लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३.२४ करोड सहयोग
- १० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई जनाको जीवित उद्धार, को हुन् उनीहरू ?
- विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगे कांग्रेस सभापति गगन थापा
- त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया