• १० असार २०८३, बुधबार
  • ११:०२ बिहान

शेयरधनीलाई ८८ करोड लाभांश माछापुच्छ्रे बन्यो साधारणसभा घोषणा गर्ने पहिलो बैंक,

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०३:०८

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited ले गत आर्थिक बर्षको साधारणसभा आह्वान गरेको छ । बैंकले कार्तिक ६ गते पोखरामा रहेको होटेल पोखरा ग्राण्डमा सभा आह्वान गरेको हो ।

बैंकको सभामा लाबहंश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले गत आर्थिक बर्षको कमाईबाट ७.०३ प्रतिशत बोनस तथा कर प्रयोजन सहित ३.३७ प्रतिशत नगद सहित्कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले कुल ८७ करोड ९६ लाख बराबरको लाभांश ब्तरण अग्रने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपश्चात लाभांश सेयरधनीहरुमा वितरण हुनेछ। बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ९ अर्ब ५ करोड ३० लाख नाघ्नेछ।

Kamana Sewa

त्यस्तै बैंकले सभामा वार्षिक वित्तीय विवरण पारित गर्ने, नगद प्रवाह विवरण पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तय गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक प्रतिनिधित्व गर्ने ३ जनाको निर्वाचन गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।

Classic Tech Desktop

बैंकले साधारणसभा प्रयोजनको लागि असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २१ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले आफ्ना देशभरका १५९ वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २९२ स्थानमा रहेका सेवा सञ्जाल तथा १९९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ।

प्रतिकृया