• १६ असोज २०८३, शुक्रबार
  • ९ः३५ राती

रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका

प्रकाशित मिति

२०८३ असार ९ गते, मंगलवार ०१:५२

९ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइने विस्तृत कार्यतालिका तय गरिएको छ।

National Life

बिहान १० बजेदेखि प्रतिनिधि दर्ता प्रक्रिया सुरु भइसकेको छ। प्रतिनिधि व्यवस्थापन उपसमितिले दर्ता प्रक्रिया अगाडि बढाएको हो। बिहान ११:४५ बजे खानाको समयपछि दिउँसो २ बजे पार्टी सभापति रवि लामिछानेले बन्दसत्रको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बन्दसत्र सुरु भएपछि सुरुमा अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले प्रस्तुत गर्नेछन्। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले वित्तीय प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी सहमहामन्त्री विपिन कुमार आचार्यले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् र त्यसको अनुमोदन पनि सोही सत्रमा गरिनेछ। पार्टीको भावी दिशा निर्धारण गर्ने अर्थ–राजनीतिक प्रस्तावना उपसभापति डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नेछन् भने सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। सभापतिको प्रतिवेदनमाथि साँझसम्म छलफल हुने तालिका छ।

Classic Tech Mobile
Classic Tech Desktop

बन्दसत्रको अन्त्यमा अन्तरिम व्यवस्थापन समिति गठन गरी निर्वाचन प्रक्रियाको जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गरिनेछ। त्यसपछि निर्वाचन आयोगले नेतृत्व चयनसम्बन्धी विस्तृत समयतालिका सार्वजनिक गर्नेछ।

प्रतिकृया