रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
प्रकाशित मिति
२०८३ असार ९ गते, मंगलवार ०१:२४
९ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियामा प्रस्तावक र समर्थकसम्बन्धी नयाँ नियम लागू गरिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार अब कुनै पनि पदका उम्मेदवारका प्रस्तावकले अर्को उम्मेदवारको प्रस्तावक बन्न नपाउने व्यवस्था गरिएको छ। त्यस्तै, एउटै व्यक्तिले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा समर्थकका रूपमा पनि हस्ताक्षर गर्न नपाइने स्पष्ट गरिएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा एक जना प्रस्तावक र ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य हुनेछ।

त्यसैगरी, पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एक जना प्रस्तावक र २१ जना समर्थकको विवरण आवश्यक हुने आयोगले जनाएको छ।

आयोगले नियम विपरीत दर्ता भएका उम्मेदवारी फारम स्वतः अमान्य हुने स्पष्ट पारेको छ। साथै, कुनै पनि उम्मेदवारका प्रस्तावक र समर्थकले पार्टीको अन्य पदमा उम्मेदवारी दिन नपाउने व्यवस्था पनि गरिएको छ।
यसैबीच, महाधिवेशनको बन्दसत्र आज हुने र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएको छ।




प्रतिकृया