• १५ असोज २०८३, बिहीबार
  • ४ः०२ बेलुका

सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेल काठमाडौं ल्याइए

प्रकाशित मिति

२०८३ असार ९ गते, मंगलवार १२:४८

९ असार २०८३ काठमाडौं – सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ। प्रहरीले उनलाई मंगलबार बिहान काठमाडौं ल्याएर सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराएको हो।

National Life

विभाग स्रोतका अनुसार पौडेललाई शंकास्पद सम्पत्तिको स्रोत र उनले गरेको सेयर कारोबारसम्बन्धी अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो। पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। उनी पार्टीको एक कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका थिए। पक्राउपछि प्रहरीले उनलाई रातारात स्थलमार्गबाट काठमाडौं ल्याएको जनाएको छ।

अनुसन्धानलाई अघि बढाउन आजै उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी गरिएको छ। स्रोतका अनुसार पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागको टोलीले पौडेलको निवासमा समेत खानतलासी गरेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

घटनाबारे विभाग र सम्बन्धित निकायले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी रहेको छ भने यस विषयले राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ।

प्रतिकृया