• ३ असार २०८३, बुधबार
  • ९:३५ बेलुका

आजदेखि चलनचल्तीमा नयाँ पाँच सयको नोट

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०९:३६

३ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ भने नोटको आकार र रङ साविककै कायम राखिएको छ।

राष्ट्र बैंकका अनुसार संकेत नम्बर झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा पठाइएको हो। नेपाली नोटको नम्बरिङ प्रणालीअनुसार झ, ञ र ट संकेतभित्र क्रमशः लाखौँ थान नोट छापिने भएकाले यसपटक करिब ३० लाख थान नयाँ पाँच सय रुपैयाँका नोट चलनचल्तीमा ल्याइएको जनाइएको छ।

Kamana Sewa

नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। तल्लो भागमा ‘सिरिज नम्बर २०८२’ उल्लेख गरिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोटको दर पहिचान गर्न सकून् भन्ने उद्देश्यले पानीछापको बायाँतर्फ दुईवटा काला थोप्ला पनि समावेश गरिएको छ।

Classic Tech Desktop

यसैगरी सगरमाथाको चित्रको दायाँतर्फ अण्डाकार आकृतिभित्र रहेको कुबेरको चित्र सिधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता राखिएको छ। नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो पनि राखिएको छ, जुन सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।

नोटको पछाडिको भागमा पाटेबाघको चित्र राखिएको छ भने माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तल्लो भागमा ‘RUPEES FIVE HUNDRED’ र ‘Series Number 2025 AD’ उल्लेख गरिएको छ।

यसअघि राष्ट्र बैंकले २०७८ पुस ९ गतेदेखि २०२० सिरिजका पाँच सय रुपैयाँ दरका २ लाख ४८ हजार थान नोट चलनचल्तीमा ल्याएको थियो। नयाँ सुरक्षण विशेषतासहितको नोटले मुद्रा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने राष्ट्र बैंकको अपेक्षा छ।

प्रतिकृया