• ९ असार २०८३, मंगलबार
  • ४:०७ बेलुका

उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी

प्रकाशित मिति

२०८३ असार ९ गते, मंगलवार ०२:३८

९ असार २०८३ काठमाडौं – नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि मंगलबार आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू सहभागी छन्। बैठकमा पौडेल पक्राउ प्रकरण र त्यसपछि एमालेले अवलम्बन गर्ने राजनीतिक तथा संसदीय रणनीतिबारे छलफल भइरहेको नेताहरूले बताएका छन्।

पौडेललाई पार्टीको चुनावी समीक्षा तथा संगठन पुनर्गठनका लागि सुझाव सङ्कलन गर्ने क्रममा सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो। सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा पक्राउ परेका उनलाई मंगलबार बिहान काठमाडौं ल्याइएको छ।

Kamana Sewa

एमालेले पौडेलको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको छ। पार्टी नेताहरूले यस घटनाको राजनीतिक रूपमा प्रतिरोध गर्ने बताएका छन्। पौडेल पक्राउपछि विकसित परिस्थितिबारे थप निर्णय लिन र आगामी रणनीति तय गर्न एमाले संसदीय दलको बैठक बसेको जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया