• १८ असोज २०८३, आइतबार
  • ९ः१६ राती

जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्री आवास ४० करोडमा पुनर्निर्माण हुँदै

प्रकाशित मिति

२०८३ श्रावण २३ गते, शनिबार १०:४३

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरूको सरकारी आवास करिब ४० करोड रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको छ। आगामी असोजभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित भवनको संरचना तथा इन्टेरियर निर्माणको काम भइरहेको छ।

National Life

संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलका अनुसार पुनर्निर्माणको काम तीन चरणमा भइरहेको छ। पहिलो चरणमा २७ मध्ये ११ वटा भवन र दोस्रो चरणमा बाँकी १६ वटा भवन पुनर्निर्माण गर्नेगरी ठेक्का सम्झौता गरिएको छ।

११ वटा भवनका लागि ८ करोड ६० लाख रुपैयाँ तथा बाँकी १६ भवनका लागि १५ करोड ४९ लाख रुपैयाँमा सम्झौता भएको छ। भवनको भित्री सजावट, फर्निसिङलगायतका कामका लागि थप करिब १५ करोड रुपैयाँ खर्च हुने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्झौताअनुसार पहिलो चरणको काम साउन मसान्तसम्म, दोस्रो चरणको काम भदौ २० गतेसम्म र तेस्रो चरणको काम असोज मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ।

समयमै काम सम्पन्न भए मन्त्रीहरू दसैँ–तिहारपछि भैँसेपाटीस्थित सरकारी आवासमा सर्न सक्ने बताइएको छ।

पुल्चोकस्थित पुरानो मन्त्री आवास साँघुरो भएपछि सरकारले २०७६ सालमा भैँसेपाटीमा नयाँ मन्त्री आवास निर्माण सुरु गरेको थियो। करिब तीन अर्ब रुपैयाँ लगानीमा निर्माण भएको उक्त आवासमा २०८२ असारदेखि मन्त्रीहरू बस्न थालेका थिए। तर, प्रयोगमा आएको करिब एक वर्षमै जेनजी आन्दोलनका क्रममा सबै भवनमा आगजनी हुँदा क्षति पुगेको थियो।

प्रतिकृया