• १५ असोज २०८३, बिहीबार
  • ४ः३४ बिहान

कोशी–बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो लहरको जोखिम

प्रकाशित मिति

२०८३ असार १० गते, बुधबार ०९:१०

१० असार २०८३ चितवन – जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू–भागमा मनसुनी वायु, पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको जनाएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागमा मनसुनी वायु सक्रिय रहेको विभागले जनाएको छ।

National Life

हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ। कोशी प्रदेशका तराईका थोरै स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो लहरको अवस्था कायम रहने सम्भावना रहेको विभागले जनाएको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि तातो दिन रहने अनुमान गरिएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहने तथा कोशी प्रदेशका तराई क्षेत्रमा पनि बादल लाग्ने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

विभागले वर्षा, चट्याङ तथा तातो लहरबाट हुन सक्ने प्रभावलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया