• २१ भदौ २०८३, आइतबार
  • २ः२७ दिउँसो

स्थगित परीक्षा दशैँअघि नै सञ्चालन गर्ने त्रिविको तयारी

प्रकाशित मिति

२०७७ श्रावण २ गते, शुक्रबार ०६:०७

 

National Life

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस संक्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ।

विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराउने तथा विकल्पका रुपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने तयारी गरेको छ ।

Classic Tech Desktop

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत चैत ७ गतेदेखि विश्वविद्यालयले स्थगित गरेको सबै तहको परीक्षा दशैंअघि सञ्चालन गर्नेगरी परीक्षाको कार्यतालिका तयार पारेको जानकारी दिए।

स्थगित परीक्षा सकेपछि परीक्षाको तयारीमा रहेका स्नातक तथा स्नातकोत्तर तह तथा सेमेस्टर प्रणालीमा सञ्चालित बाँकी विद्यार्थीको परीक्षा लिइने छ। त्यस्ता नियमित परीक्षा भने दशैँपछि सञ्चालन गरिने जानकारी त्रिविले दिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पडितले लेखेका छन्।

प्रतिकृया